रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

नवविवाहित महिलाको झुण्डिएको अवस्थामा शव फेला

धनुष टिभी, धनुषा । साउन ८ — धनुषाको कामला नगरपालिका–५, लकडमा एक नवविवाहित महिलाको घरभित्र झुण्डिएको अवस्थामा शव फेला परेको छ।
मृतक स्थानीय रामललित पासमानका छोरा धर्मेन्द्र पासमानकी श्रीमती करुणा पासमान रहेकी छन्। करुणा सिरहाको लहान नगरपालिका–९ निवासी भुल्ला पासमानकी छोरी हुन्। करुणा र धर्मेन्द्रको विवाह गत असार १८ गते भएको थियो।
प्रारम्भिक जानकारीअनुसार घटना भएको समयमा घरमा कोही थिएन। श्रीमान् धर्मेन्द्र पासमान मजदुरीका लागि बाहिर गएका थिए भने उनका ससुरा पनि कामको सिलसिलामा घरबाहिर थिए। सोही क्रममा करुणा आफ्नै सुत्ने कोठामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय खजुरीको टोली घटनास्थल पुगेर आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै मुचुल्का तयार गरेको छ। शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ।
कामला नगरपालिका–५ का वडा अध्यक्ष सिवा पासमानले घटनाको पुष्टि गर्दै प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर