रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

एमाले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीप्रति पार्टीको आपत्ति

[sharethis-inline-buttons]

नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल लाई सुर्खेतमा पार्टीको सांगठनिक कार्यक्रमका क्रममा सरकारले गैरकानुनी ढंगले ‘अपहरण शैलीमा’ गिरफ्तार गरेको भन्दै घोर निन्दा र भर्त्सना गरेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओली द्वारा जारी प्रेस वक्तव्यमा सरकारले विधिको शासन र कानुनी प्रक्रियाको उल्लंघन गर्दै विपक्षी दलमाथि राजनीतिक प्रतिशोध साँधेको आरोप लगाइएको छ। एमालेले उपाध्यक्ष पौडेल सोही कार्यक्रम सकेर भोलिपल्ट काठमाडौं फर्कने पूर्वनिर्धारित कार्यतालिका रहेको अवस्थामा पनि नियतवश गिरफ्तारी गरिएको दाबी गरेको छ।
वक्तव्यमा वर्तमान सरकार लोकतान्त्रिक मूल्य–मान्यता विपरीत अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाउँदै विपक्षी नेतामाथि लक्षित यस्ता गतिविधि तत्काल बन्द गर्न चेतावनी दिइएको छ। साथै सरकारका स्वेच्छाचारी र लोकतन्त्रविरोधी गतिविधिविरुद्ध एकजुट भएर प्रतिवाद गर्न सम्पूर्ण लोकतान्त्रिक र न्यायप्रेमी शक्तिलाई एमालेले आह्वान गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर