रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

बाढीपीडितलाई विदुर नगरपालिकाको राहत : घरभाडाका लागि प्रतिपरिवार १० हजार

धनुष टिभी ,नुवाकोट । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण घरबारविहीन भएका परिवारलाई विदुर नगरपालिकाले तत्काल राहत उपलब्ध गराउने भएको छ।

आइतबार बसेको विदुर नगर कार्यपालिकाको १३४औँ बैठकले बाढीका कारण घरमा बस्न नसक्ने अवस्थामा पुगेका नगरवासीलाई वैकल्पिक आवासका लागि प्रतिपरिवार १० हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने निर्णय गरेको हो।

बाढीबाट प्रभावित परिवारलाई अस्थायी रूपमा सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाउन नगरपालिकाले घर वा कोठा भाडामा लिन आवश्यक रकम उपलब्ध गराउने जनाएको छ। साथै प्रभावित परिवारका लागि खाद्यान्न, लत्ताकपडा, किचेन सेट, हाइजिन सेटलगायत अत्यावश्यक राहत सामग्री समेत वितरण गरिने भएको छ।

विपद्को अवस्थालाई अवसर बनाएर घरधनीले मनपरी भाडा बढाउन सक्ने सम्भावनाप्रति नगरपालिकाले विशेष चासो देखाएको छ। नगरपालिकाले प्रचलित तथा चलनचल्तीको दरभन्दा बढी भाडा असुल गरेको पाइएमा कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ।

नगरपालिकाले बाढी प्रभावित नागरिकलाई तत्काल सुरक्षित आवासमा स्थानान्तरण गर्दै आवश्यक राहत उपलब्ध गराउने जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर