नागेन्द्र महरा , साउन २१ ।
नेपाल सरकारका पूर्व उप–प्रधानमन्त्री तथा नेकपा (एमाले) का सचिव र विदेश विभाग प्रमुखसमेत रहनु भएका सांसद रघुवीर महासेठले मिथिला बिहारी नगरपालिकामा अवस्थित प्रसिद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल परशुराम तालको अनुगमन गर्नुभएको छ।
अनुगमनका क्रममा उहाँले पुरन्दाहा बजारस्थित किशन डेरी उद्योगको पनि भ्रमण गर्नुभयो। सो अवसरमा महासेठले उद्योगद्वारा उत्पादन हुने प्रसिद्ध मट्का लस्सीको स्वाद लिनुका साथै स्थानीयस्तरमा सफलतापूर्वक सञ्चालित यस उद्यमको प्रशंसा गर्नुभयो।
परशुराम तालको पर्यटकीय सम्भावना र स्थानीय उत्पादनको प्रवर्द्धन दुवै महत्वपूर्ण भएको भन्दै उहाँले यस्ता उद्यमहरूले स्थानीय अर्थतन्त्र र रोजगारीमा योगदान पुर्याइरहेको उल्लेख गर्नुभयो।
तपाईको प्रतिक्रिया




