कार्तिक १४, २०८२।शुक्रबार । नागेन्द्र महारा, धनुष टीभी
धनुषाको धनुषाधाम नगरपालिका –२, मंगलपुरस्थित साना किसान कृषि सहकारी संस्था लि। धनुषा–गोविन्दपुरको २१औं वार्षिक साधारणसभा शुक्रबार तरिकाले सम्पन्न भएको छ। असहज परिस्थितिका बीच पनि करिब ७५ प्रतिशत शेयरधनीहरू र ५२ जना सहकारीकर्मीहरूको सक्रिय सहभागितामा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको हो।
कार्यक्रमका सभापति संस्थाका अध्यक्ष प्रभु नारायण साह रहनुभएको थियो।
सो अवसरमा धनुषाधाम नगरप्रमुख बालेश्वर मण्डल प्रमुख अतिथि रहनुभयो भने,नगरउपप्रमुख विद्या देवी भुजेल, जिल्ला सहकारी संघका अध्यक्ष ध्रुव नारायण यादव,जिल्ला विकास कार्यक्रम कार्यसमितिका अध्यक्ष राम सोभित यादव,
वडा नं. २ का अध्यक्ष लक्ष्मी कुमार साह तेली, रवडा नं. ३ का अध्यक्ष जय नारायण यादव विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।
त्यसैगरी, कार्यक्रममा साना किसान विकास बैंकका प्रतिनिधि, विभिन्न सहकारी संस्थाका अध्यक्ष तथा प्रबन्धकहरू,
सुरक्षाकर्मी, पत्रकार, बुद्धिजीवी, समाजसेवी र स्थानीय प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सहभागीहरूले सहकारीको प्रगति, चुनौती र आगामी योजनासम्बन्धी आ–आफ्ना मन्तव्य पनि व्यक्त गरेका थिए।
कार्यक्रम अन्त्यमा संस्थाले आगामी वर्षका लागि योजना र नीतिगत निर्णयहरू सार्वजनिक गर्दै सहकारी आन्दोलनलाई अझ सशक्त र पारदर्शी बनाउने प्रतिबद्धता जनाएको छ।

							
                

				
																			
																			
																			
																			
																			
																			
