महोत्तरी, असार ३ — मधेश प्रदेश सभामुख राम अशिष यादव को प्रमुख आतिथ्यमा मटिहानी नगरपालिकाको १७औँ नगरसभाको खुला सत्र सम्पन्न भएको छ।
नगरसभामा मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डल ले आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको हो।
प्रस्तुत बजेट अनुसार आगामी आर्थिक वर्षका लागि कुल ४७ करोड ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ। बजेटका स्रोतहरूमध्ये राजश्व बाँडफाँडतर्फ १० करोड ५७ लाख रुपैयाँ, संघीय सरकारबाट २८ करोड ८८ लाख रुपैयाँ, प्रदेश सरकारबाट १ करोड ४९ लाख ९५ हजार रुपैयाँ तथा आन्तरिक स्रोतबाट ६ करोड ५६ लाख रुपैयाँ रहने उल्लेख गरिएको छ।
नगर प्रमुख मण्डलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेट नगरको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, रोजगार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यसहित तयार गरिएको बताउनुभयो।
नगरसभामा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
मटिहानी नगरपालिकाको १७औँ नगरसभा सम्पन्न, ४७ करोड ४५ लाखको बजेट प्रस्तुत
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर






