जनकपुरधाम, २३ कात्तिक । नेपाली कांग्रेस मधेस प्रदेशका प्रमुख सचेतक कुमर कान्त झाले मधेसमा स्थायित्वका लागि सर्वदलीय सरकार गठनको आवश्यकता औंल्याएका छन् ।
रेडियो धनुष ९९.७ मेगाहर्जको कार्यक्रम ‘मधेस बहस’मा पत्रकार मुकेश कुमार ठाकुरसँग कुरा गर्दै झाले भने, “मधेसमा सर्वदलीय सरकार बन्नुपर्छ, त्यसको नेतृत्व नेपाली कांग्रेसले गर्छ ।”
उनका अनुसार आजकै पार्टी बैठकमा उक्त विषय औपचारिक रूपमा प्रवेश गराइनेछ र अन्य दलहरूसँग छलफल प्रक्रिया पनि सुरु हुनेछ । “यो मधेसको आवश्यकता हो, जनताले चाहेको पनि यही हो,” प्रमुख सचेतक झाले बताएका छन् ।
उनले प्रदेशमा राजनीतिक स्थिरता कायम गर्न सबै दलको सहकार्य अपरिहार्य रहेको पनि जोड दिएका छन् ।
तपाईको प्रतिक्रिया




