रामनारायण ठाकुर
मिर्चैया, पुस
सिरहा जिल्लाको मिर्चैया नगरपालिकामा विगत २० वर्षदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको श्रीश्री १०८ श्री महावीर झण्डा मेला महोत्सव यस वर्ष पनि भव्य रूपमा सुरु भएको छ।
संस्कृतिको संरक्षण, धार्मिक आस्था प्रवर्द्धन तथा विश्वकल्याणको कामनासहित आजदेखि मिर्चैया नगरपालिका–५ स्थित थाना चौकको स्थित रहेको झण्डा टोलमा महावीर झण्डा मेला सुरु गरिएको हो। मेलाको पहिलो दिन विशाल झण्डा ठड्याइएर कलश शोभायात्रा निकालिएको छ।
आयोजक समितिका अनुसार यस वर्ष ७५ फिट अग्लो महावीर झण्डा निर्माण गरिएको छ भने मेलामा सहभागी हुने व्यापारीहरूका लागि आवश्यक व्यवस्थापन समेत गरिएको छ।
मेला पुस २४ गतेसम्म सञ्चालन हुने जनाइएको छ। त्यस्तै, पुस १८ गतेदेखि २१ गतेसम्म झण्डा झर्नि प्रतियोगिता पनि आयोजना गरिनेछ।
मेला समिति अध्यक्ष रामलोचन साहका अनुसार विगत वर्षहरूझैं यस वर्ष पनि धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित मेला भव्य रूपमा सञ्चालन गरिनेछ।
मिर्चैयामा आजदेखि महावीर झण्डा मेला महोत्सव सुरु
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर




