रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुष मन्दिरमा राति चोरी, एक जना पक्राउ

[sharethis-inline-buttons]

धनुषाको धनुषाधाम नगरपालिका वडा न.३ स्थित राति १:३० बजे धनुष मन्दिरमा चोरी भएको छ।
दानपेटिका फुटाएर रकम चोरी गरी भाग्ने क्रममा इलाका प्रहरी कार्यालय धनुषाधामले एक जनालाई पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्ने व्यक्ति हन्सपुर नगरपालिका वडा नं. ८ रमनगरा बस्ने वर्ष ३५ का पप्पु मण्डल रहेको प्रहरीले जनाएको छ। मण्डलले दानपेटिका फुटाई बोरामा रकम हालेर भाग्न खोज्दा प्रहरीले रु ५,६९३ सहित नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार मण्डलविरुद्ध चोरीसम्बन्धी मुद्दा चलाइ जिल्ला अदालत धनुषामा पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर