रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

सुन–चाँदीमा उछालस् साताको सुरुवातमै सुन ९,५०० ले बढ्यो, चाँदी पनि महँगियो

[sharethis-inline-buttons]

 

काठमाडौं। साताको पहिलो कारोवार दिन नेपाली बजारमा बहुमूल्य धातुको मूल्य एकाएक उकालो लागेको छ। आइतबार सुनको मूल्य तोलामा ९ हजार ५ सय रुपैयाँले बढ्दै ३ लाख ५ सय रुपैयाँमा पुगेको छ। यसअघि शुक्रबार सुन २ लाख ९१ हजार रुपैयाँमा कारोवार भएको थियो।
एकैदिन यति ठूलो वृद्धि भएपछि बजारमा सुनको मूल्य नयाँ उचाइतर्फ पुगेको विश्लेषकहरूको भनाइ छ। अन्तर्राष्ट्रिय बजारको प्रभाव र लगानीकर्ताको सुरक्षित लगानीतर्फ आकर्षण बढ्नु यसको प्रमुख कारण मानिएको छ।
त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। आइतबार चाँदी प्रतितोला ३०० रुपैयाँले बढ्दै ५ हजार १० रुपैयाँमा कारोवार भइरहेको छ। शुक्रबार चाँदी ४ हजार ७१० रुपैयाँमा कारोवार भएको थियो।
सुन–चाँदीको मूल्यमा आएको यस वृद्धिले गहना व्यवसायी र उपभोक्तामा मिश्रित प्रतिक्रिया देखिएको छ। उपभोक्तालाई महँगो पर्न थाले पनि लगानीकर्ताका लागि भने यो वृद्धि सकारात्मक संकेतका रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर