रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषाधाम बजार फेरि अन्धकारमा, सडक बत्तीको लाइन प्राधिकरणद्वारा पुनः काटियो

धनुषा । धनुषाधाम नगरपालिकाले बजार क्षेत्रमा जडान गरेको सडक बत्तीको लाइन नेपाल विद्युत प्राधिकरण, धनुषाधाम वितरण केन्द्रले पुनः काटेको छ।
वितरण केन्द्रले हिजो सडक बत्तीको लाइन काटेपछि नगरपालिकाले आज पुनः लाइन जडान गरेको थियो। तर केही समयमै प्राधिकरणले फेरि लाइन विच्छेद गरेपछि रातिको समयमा सडक बत्ती निभेको छ र केही दिनदेखि झिलिमिली देखिएको धनुषाधाम बजार पुनः अन्धकारमा डुबेको छ।
नेपाल विद्युत प्राधिकरण, धनुषाधाम वितरण केन्द्रका अनुसार सडक बत्ती सञ्चालनका लागि नियमअनुसार छुट्टै विद्युत मिटर जडान गर्नुपर्ने भएकाले मिटर जडान नभएसम्म लाइन जोड्न नसकिने जनाएको छ। वितरण केन्द्रले नगरपालिकालाई आवश्यक प्रक्रिया पूरा गरी मिटर जडान गरेपछि मात्रै विद्युत आपूर्ति गरिने स्पष्ट पारेको छ।
यस घटनापछि बजारवासीले रातिको समयमा आवतजावतमा असहज भएको भन्दै सम्बन्धित निकायबीच समन्वय गरेर सडक बत्ती यथाशीघ्र सञ्चालनमा ल्याउन माग गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर