रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

यज्ञभूमि स्वास्थ्य चौकीमा टीबी क्लब गठन

धनुषा जिल्लाको धनुषाधाम नगरपालिका अन्तर्गत रहेको यज्ञभूमि स्वास्थ्य चौकीमा शुक्रबार क्षयरोग (टीबी) नियन्त्रण तथा समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले “TB Club Formation” कार्यक्रम सम्पन्न भएको छ।
नेपाल सरकार, ग्लोबल फण्ड र यूएनडीपी (UNDP) को साझेदारीमा वाग्मती सेवा समाज नेपालद्वारा सञ्चालित क्षयरोग कार्यक्रमअन्तर्गत आयोजित कार्यक्रम महेश साहको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा धनुषाधाम नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिनारायण साह, मनोज कुमार महतो, श्याम किशोर महतो, देवकी सिजापति, डम्बरकुमार थापा, लालकुमारी क्याप्छाकी (महिला स्वास्थ्य स्वयंसेविका), अजय यादव , नवीनकुमार महतो, रामबाबु साह, आशबहादुर आले, अश्मितकुमार यादव, महादेव महतो, प्रकाश मलिक, दलबहादुर तामाङ, गोपाल लोचन, सोमबहादुर आलेलगायत स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा समुदायमा टीबी सम्बन्धी जनचेतना फैलाउने, बिरामीलाई नियमित उपचारमा सहयोग गर्ने तथा क्षयरोग नियन्त्रणका गतिविधिलाई प्रभावकारी बनाउन टीबी क्लब गठन गरिएको छ। क्लबको अध्यक्षमा रामबाबु साह चयन भएका छन्। साथै उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा सदस्यहरू चयन गर्नुका साथै आवश्यक समन्वय र परामर्शका लागि एडभाइजरी (परामर्श) समिति समेत गठन गरिएको छ।
कार्यक्रममा टीबी रोगको रोकथाम, समयमै परीक्षण, नियमित उपचारको महत्व, समुदायको सक्रिय सहभागिता तथा क्लबका पदाधिकारीहरूको भूमिका र जिम्मेवारीबारे विस्तृत छलफल गरिएको आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर