रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिलाई सम्मान

[sharethis-inline-buttons]

Dhanush Tv, असार  — धनुषाको गणेशमान चारनाथ नगरपालिका–९, बरमझियामा तीन सयभन्दा बढी ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान गरिएको छ।

वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका लाभग्राहीलाई दोसल्ला, साडी तथा पौष्टिक आहार प्रदान गर्दै सम्मान गरिएको हो। वडा अध्यक्ष नन्दकिशोर यादवले ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिको सम्मान, हकहित र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए।
कार्यक्रमका प्रमुख अतिथि गणेशमान चारनाथ नगरपालिकाका नगर प्रमुख जितनारायण यादवले ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिको सम्मान र संरक्षण गर्नु स्थानीय सरकारको प्रमुख दायित्व भएको बताए। उनले वडा नं. ९ ले सञ्चालन गरेको सम्मान कार्यक्रम अनुकरणीय रहेको उल्लेख गर्दै समाजका पछाडि परेका वर्गको जीवनस्तर उकास्न नगरपालिका प्रतिबद्ध रहेको बताए।
कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर