रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषाधाम नगरपालिकाको करार शिक्षक नियुक्ति प्रक्रिया उच्च अदालतद्वारा यथास्थितिमा राख्न आदेश

जनकपुरधाम । धनुषाधाम नगरपालिकाले करार शिक्षक भर्नासम्बन्धी गरेको नतिजा तथा सिफारिस कार्यान्वयन नगर्न उच्च अदालत जनकपुरले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
महेश कुमार यादवले दायर गरेको निषेधाज्ञा निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत जनकपुरका माननीय न्यायाधीश टीकाराम आचार्यको एकल इजलासले साउन ७ गते उक्त आदेश जारी गरेको हो।
अदालतले धनुषाधाम नगरपालिका नगर कार्यपालिका कार्यालयको मिति २०८३ साउन ३ गतेको करार शिक्षकको नतिजा तथा सिफारिससम्बन्धी निर्णय अर्को आदेश नभएसम्म कार्यान्वयन नगर्न तथा यथास्थितिमा राख्न आदेश दिएको छ।
साथै, निवेदनमा माग गरिएको अन्तरिम आदेशबारे दुवै पक्षको उपस्थितिमा छलफल आवश्यक देखिएकाले साउन १४ गते पेशी तोकिएको अदालतले जनाएको छ। विपक्षी धनुषाधाम नगरपालिका लगायतलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न पनि आदेश दिइएको छ।
अदालतले करार शिक्षक भर्नासम्बन्धी सक्कल फाइल समेत छलफलका दिन इजलासमा पेश गर्न धनुषाधाम नगरपालिका नगर कार्यपालिका कार्यालयलाई निर्देशन दिएको छ।
अब साउन १४ गते हुने छलफलपछि अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा अदालतले थप निर्णय गर्नेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर