रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

भारतको बनारसबाट अपहरणमुक्त भए धनुषाका चन्दन यादव, नेपाल ल्याउने तयारी

जनकपुरधाम । भारतको बनारसबाट अपहरणमा परेका धनुषाको शहीदनगर नगरपालिका–२, मतौनाका चन्दन यादव (रामकृष्ण यादव) अपहरणमुक्त भएका छन्।
काठमाडौंस्थित सेन्ट जेभियर्स कलेजमा कक्षा १२ मा अध्ययनरत चन्दन पर्व मनाउन घर आएका थिए। काठमाडौं फर्किने क्रममा उनी सम्पर्कविहीन भएपछि परिवारले खोजतलास सुरु गरेको थियो।
प्रतिनिधिसभा सदस्य रामविनोद यादवले विभिन्न निकायको समन्वय र पहलमा चन्दनलाई भारतको बनारसबाट अपहरणमुक्त गराउन सफलता मिलेको जानकारी दिएका छन्।
सांसद यादवका अनुसार आवश्यक प्रक्रिया पूरा गरी उनलाई सकुशल नेपाल ल्याउने तयारी भइरहेको छ। साथै उनले उद्धारमा सहयोग गर्ने नेपाल तथा भारतका सुरक्षा निकाय र सहयोगी सबैप्रति आभार व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर