रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषाधाममा कटुवा पेस्तोल र गोलीसहित ४० वर्षीया महिला पक्राउ

 

धनुषा । धनुषाको धनुषाधाम नगरपालिका–४, गौरीपुरबाट कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित एक महिला पक्राउ परेकी छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरी टोलीले शनिबार बिहान करिब ११ बजे सिरहाको कल्याणपुर नगरपालिका–५, निर्धना टोल निवासी अन्दाजी ४० वर्षीया गंगावती महतोलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनले कम्मरमा कटुवा पेस्तोल एक थान र त्यसमा लाग्ने एक राउण्ड गोली लुकाइछिपाई लैजाँदै गरेको अवस्थामा फेला पारिएको थियो।

पक्राउ परेकी महिलामाथि प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउनुका साथै थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर