रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

मोबाइलमा अचानक अलर्ट बज्न सक्छ, सरकारद्वारा नआत्तिन आग्रह

काठमाडौं । सरकारले आज काठमाडौं उपत्यकाका मोबाइल प्रयोगकर्तामाझ ‘सेल ब्रोडकास्ट प्रणाली’ परीक्षण गर्दैछ। परीक्षणका क्रममा मोबाइलमा आवाज र भाइब्रेसनसहित आपतकालीन सतर्कता सन्देश आउन सक्ने भएकाले नआत्तिन सूचना तथा सञ्चार मन्त्रालय र गृह मन्त्रालयले आग्रह गरेका छन्।
नेपालमै विकसित यो प्रणालीमार्फत भूकम्प, बाढी, पहिरो तथा खराब मौसमका बेला जोखिम क्षेत्रमा रहेका नागरिकलाई एकैपटक तत्काल सूचना पठाउन सकिनेछ। परीक्षणका क्रममा सीमित मोबाइल प्रयोगकर्ताले मात्रै सन्देश प्राप्त गर्ने जनाइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर