दुहवी, सुनसरी – पछिल्लो केही दिनदेखि तराई क्षेत्रमा बढ्दो चिसो र शीतलहरको असरलाई मध्यनजर गर्दै दुहवी नगरपालिका–७ स्थित पासवान टोलका करिब ५० विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ।
फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको आयोजनामा तथा ग्रामीण महिला विकास उत्सुकता मञ्च ९फरवार्ड० को संयोजनमा सम्पन्न उक्त कार्यक्रममार्फत आर्थिक रूपमा कमजोर परिवारलाई राहत पुर्याउने उद्देश्य राखिएको थियो।
कार्यक्रमका दौरान संस्थाका प्रतिनिधिहरूले चिसो मौसममा गरिब तथा असहाय परिवारलाई सहयोग गर्नु नै मानवताको सन्देश प्रवाह गर्ने एउटा राम्रो अभ्यास भएको बताए। स्थानीयहरूले संस्थाको यो सामाजिक उत्तरदायित्वप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर भइरहने आशा व्यक्त गरे।
तपाईको प्रतिक्रिया




