मुकेशकुमार ठाकुर ।
धनुषाधाम, माघ २६ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई धनुषाधाम नगरपालिकाले भव्य स्वागत तथा सम्मान गरेको छ।
नगरपालिकाले आयोजना गरेको कार्यक्रममा बिपन्न नागरिकलाई निःशुल्क मिटर वितरण गर्दै धनुषाधामलाई विद्युत चुहावटमुक्त नगरपालिका घोषणा गरिएको छ। यो संगै मधेस प्रदेशमै चुहावट मुक्त पहिलो नगरपालिका बनेको छ।
कार्यक्रममा स्वागत मन्तव्य अभियानी प्रमोद यादवले प्रस्तुत गरेका थिए। कार्यक्रममा विद्युत प्राधिकरण धनुषाधाम शाखाका प्रमुख रोशन सिंह, वडा नम्बर ५ का वडाध्यक्ष इन्द्र कुमार महतो, वडाध्यक्ष जय नारायण यादव, ऋषिकेश लामा, लक्ष्मी साह, मनोज कुमार यादव, कार्यपालिका सदस्य तथा वडा सदस्यहरूको उपस्थिति रहेको थियो।
विद्युत चुहावट नियन्त्रणसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले विशेष नाटक समेत प्रस्तुत गरिएको थियो। कार्यक्रममा सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी उपरीक्षक कृष्ण भण्डारी, इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक गणेश खनाल तथा नगर प्रहरीहरू तैनाथ गरिएको थियो।
कार्यक्रममा धनुषाधाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सँजीत प्रसाद दास, अधिकृत विवेक पण्डित, इन्जिनियर मनोज यादव, स्थानीय युवा, बुद्धिजीवी, नागरिक समाजका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नगर प्रमुख बालेश्वर मण्डल, उपप्रमुख विद्या देवी भुजेल, वडा अध्यक्षहरू जयनारायण यादव, मनोज कुमार यादव, लक्ष्मी साह, इन्द्र कुमार महतो तथा धनुषाधाम वितरण केन्द्रका प्रमुख इन्जिनियर रोशन सिंहसहितको टोलीले कार्यकारी निर्देशक घिसिङलाई धनुष मन्दिरमा स्वागत गर्दै पूजाआजा र दर्शन गराएको थियो।
कार्यक्रमले विद्युत सेवाको गुणस्तर सुधार तथा चुहावट नियन्त्रणमा स्थानीय तह, सरोकारवालाहरू र जनताको सहकार्य आवश्यक रहेको सन्देश दिएको छ।
धनुषाधाममा कुलमान घिसिङको भव्य स्वागत, बिपन्न नागरिकलाई निःशुल्क मिटर वितरण
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर




