काठमाडौं – माइतीघरमा आज मुकुमलुङ संरक्षण संघर्ष समितिले आयोजना गरेको विरोध प्रदर्शनमा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले लिम्बुवान स्वायत्तताको माग गर्दै सरकारको आलोचना गर्नुभयो।
महतोले भन्नुभयो, यो देश लिम्बुको हो कि होइनरु यदि हो भने सार्वभौमसत्ता साझा हुनुपर्छ। लिम्बुवान स्वायत्त हुनुपर्छ। लिम्बुवान राज्य भएको भए केवलकार निर्माणको निर्णय नै हुने थिएन। आफ्नो राज्य नभए लोकतन्त्र र मानव अधिकार पनि सुनिश्चित हुँदैन।ू
उहाँले सरकार वार्ताको नौटंकी मात्र गरिरहेको आरोप लगाउँदै भने, एकातिर केवलकार निर्माण जारी छ, आन्दोलनकारी पक्राउ परिरहेका छन्, अर्कोतिर वार्ताको नाटक भइरहेको छ। यसरी तर्साएर, धम्काएर वार्ता सम्भव छैन।ू
महतोले सरकार दमनमै केन्द्रित रहेको बताउँदै उत्पीडित समुदायहरूबीच एकता आवश्यक रहेको औंल्याउनुभयो। ूकेवल लिम्बु समुदायको सहभागिताले मात्र सफलता सम्भव छैन। सम्पूर्ण उत्पीडितहरूको एकता जरुरी छ,उहाँले भन्नुभयो।
उहाँका अनुसार केवलकारको मुद्दा रोजगारी वा भौतिक संरचनासँग मात्र सम्बन्धित नभई यो एक वैचारिक तथा दार्शनिक लडाइँ पनि हो। सम्पूर्ण विजयका लागि स्वदेशी सत्ता अपरिहार्य छ। मधेसी–आदिवासी अधिकार रक्षा गर्न राष्ट्रिय मुक्ति क्रान्ति अनिवार्य छ। मुकुमलुङ संघर्षले यसको औचित्य झन् प्रस्ट्याइरहेको छ,महतोले बताउनुभयो।
लिम्बू समुदायको सांस्कृतिक सम्पदा जोगाउन सबैले एकजुट हुनुपर्नेमा उहाँको जोड थियो। अब लिम्बू एक्लै छैन, मधेस पनि उभिएको छ। सधैं दमन गरिन्छ भन्ने सोच्न आवश्यक छैन, अब इँटको जवाफ पत्थरले दिनेछ,ू महतोले चेतावनी दिनुभयो।




