धनुषाधाम, धनुषा – धनुष मन्दिर व्यवस्थापन सम्बन्धी वृहत् भेलालाई सम्बोधन गर्दै धनुषाधाम नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष जयनारायण यादवले मन्दिर व्यवस्थापन र विकासप्रति प्रतिबद्धता व्यक्त गरेका छन्।
मेला समितिद्वारा आयोजित उक्त भेलामा अध्यक्ष यादवले स्थानीय विकासलाई प्राथमिकता दिने बताउँदै भने, मलाई पुजारीले भनेको थियो, त्यो कुरा पूरा हुँदैछ। यहाँका ठूला नेताले पनि यस क्षेत्रको विकासमा सघाउने वचन दिनुभएको छ। अब छिट्टै धनुषाधामका बासिन्दाको जीवनस्तर दुगुना चौगुना सुधार हुनेछ।ू
उनले सार्वजनिक सम्पत्तिको संरक्षण आवश्यक रहेको उल्लेख गर्दै वालगंगा क्षेत्रलाई फोहोर नगर्न सचेत गराए। साथै, मन्दिर र सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरूको दिन अब सकिएको बताउँदै कानुनी कारबाहीको चेतावनी पनि दिए।
ूधनुषाधाम धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण क्षेत्र हो। यसको विकास र संरक्षण सबैको जिम्मेवारी हो।ू अध्यक्ष यादवले थपे।




