रामनारायण ठाकुर
सिरहा, ७ फागुन। नेकपा माओवादी केन्द्रका केन्द्रिय उप–महासचिव तथा मधेश प्रदेश इन्चार्ज मातृका प्रसाद यादवले सरकारले ल्याएको भूमि सम्बन्धी अध्यादेशलाई गरिबहरूको जग्गा माफियालाई जिम्मा लगाउने षड्यन्त्रको रूपमा व्याख्या गरेका छन्। बुधबार प्रेस सेन्टर, नेपाल सिरहाले गोलबजारमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता यादवले वर्तमान सरकार दलाल र माफियाको प्रभावमा रहेको आरोप लगाए।
पूर्वमन्त्रीसमेत रहेका यादवले सरकार म्यानपावर कम्पनी जस्तो भएको भन्दै आलोचना गरे। उनले भने, ूसरकार युवा जनशक्तिलाई विदेश पठाउने सम्झौता गर्न र माफियालाई रिझाउनमै व्यस्त छ।ू वर्तमान निर्वाचन प्रणालीले पनि जनप्रतिनिधिहरूलाई भ्रष्ट बनाएको उनको दाबी छ। उनले पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनु भ्रष्टाचार नियन्त्रण तथा माफियातन्त्र अन्त्यका लागि आवश्यक रहेको बताए।
नेता यादवले नेकपा ९माओवादी केन्द्र०लाई बहुमतसहित सरकारमा पुर्याउनु पर्ने आवश्यकता औंल्याउँदै आगामी निर्वाचनमा पार्टीलाई जित दिलाउन सबैलाई सक्रिय बन्न आग्रह गरे। ूहाम्रो पार्टीमा सक्षम नेता छन्, कार्यकर्ता छन्, जनताले पनि माया गरेका छन्। अब जनतासँग अझ बढी जोडिनुपर्ने छ,ू उनले भने। पार्टीले विभिन्न अभियानमार्फत जनतासँगको सम्बन्ध मजबुत बनाउँदै लैजाने उनको धारणा छ।
यादवले देशको समृद्धिका लागि आफ्नै देशमा जनशक्ति र ऊर्जा प्रयोग गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिए। साथै, उनले तराई(मधेशलाई केन्द्रित गर्दै पार्टीले सञ्चालन गरेको ुहुलाकी जनजागरण अभियानु मा सबैलाई सहभागी हुन आग्रह गरे। पार्टीले मधेशलाई राम्रोसँग बुझ्न हुलाकी क्षेत्रमा अभियान सञ्चालन गरेको उनले प्रस्ट्याए।
कार्यक्रममा पार्टीका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य अजय शंकर नायकले अभियानलाई सफल बनाउन जिम्मेवारी बाँडफाँट गरिसकेको जानकारी दिए। उनका अनुसार, आगामी फागुन १६ गते नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु सिरहाको भगवानपुर आउनेछन्।
फागुन १७ गते हुलाकी अभियान अन्तर्गत बिहान मर्निङ वाक, भगवानपुरका नेता(कार्यकर्तासँग भेटघाट तथा छलफल, नवराजपुर बलात्कारपछिको रहस्यमय मृत्युका पीडित परिवारसँग भेटघाट र छलफल हुने कार्यक्रम तय भएको छ। त्यसैगरी, बडीयारपट्टी र औरहीका नेता(कार्यकर्तासँग भेटघाट र अपराह्न सिरहा सदरमुकाममा आमसभा आयोजना गरिने इन्चार्ज नायकले जानकारी दिए।
उक्त अभियानलाई भव्य, सभ्य तथा व्यवस्थित बनाउन विभिन्न समिति तथा उपसमितिहरू गठन गरी परिचालन गरिने बताइएको छ। पत्रकार सम्मेलनमा प्रेस संगठनका जिल्ला अध्यक्ष रामभरोसी यादवको अध्यक्षतामा पार्टीका विभिन्न तहका नेताहरूको उपस्थिति रहेको थियो।




