रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

आठ प्रतिशतमा योजना बेच्दै मन्त्री,दलालको रेट २० प्रतिशत मधेश प्रदेश

[sharethis-inline-buttons]

 

फागुन १९ जनकपुरधाम । मधेश प्रदेश सरकारमा नेकपा एमालेबाट खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद कुमार जयसवालले ८ प्रतिशत लिएर योजना बिक्री गरिरहेका छन् । रातो किताबमा उल्लेखित योजनाहरुको उपभोक्ताबाट काम गराउन सरकारले संकल्प प्रस्तावबाट मार्ग प्रशस्त गरेसँगै योजनाहरुको बिक्रीमा मन्त्री सक्रिय भएका छन् । सरकारले बजेट र नीति तथा कार्यक्रममा उपभोक्ता समिति मार्फत काम नगर्ने प्रतिबद्धता जनाए पनि मन्त्री र सांसदको कमाउने धन्धा बन्द हुने निष्कर्ष निकाल्दै प्रदेश सभाबाट संकल्प प्रस्ताव पारितगरी उपभोक्ता समितिबाट काम गराउन थालिएको छ । उपभोक्ता समितिबाट काम हुने निर्णय भए लगतै सांसद र मन्त्रीहरुले योजनाहरुको कार्यादेश आफ्नो नियन्त्रणमा लिएका छन् ।सरदर २० प्रतिशत अग्रीम कमिसन लिएर कार्यादेश बाँडन मन्त्री स्वयं सक्रिय छन् । केही मन्त्रीहरुले जिल्लागत रुपमा दलालहरु परिचालन गरेका छन् ।युवा, खेलकुद मन्त्री जयसवालले ८ प्रतिशत आफै बुझेर दलाललाई त्यसबाहेकको रकम लिने जिम्मा दिने गरेको बताइएको छ । दलाल मार्फत अग्रीम रकम लिएर मन्त्रीले कार्यादेश दलाललाई दिने र दलालले २० प्रतिशत सम्म अग्रीम रकम लिएर योजना बेच्ने गरेका छन् । एमालेबाट मन्त्री बनेका जयसवालले अर्का मन्त्रीको क्षेत्रमा परेको योजनाबाट समेत कमिसन लिने गरेको नाम सार्वजनिक नगर्ने शर्तमा एकजना मन्त्रीले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर