जनकपुरधाम २२ फागुन। तनहुँ भीमाद नगरपालिका वडा नम्बर २ धरमपानीबाट बेपत्ता । महेश सुवेदी ५ दिनपछि मृत फेला परेका छन् । सुवेदीको खोजीका लागि परिवार तथा आफन्तले प्रहरीमा निवेदन दिएका थिए भने तनहुँको भीमादसहित स्याङ्जातर्फ खोजी कार्य गरेका थिए । भीमाद वडानम्बर २ को सालिमे पुछार र स्याङ्जाको हरिनास गाउँपालिकाको सीमामा रहेको कुलुङखोला किनारमा मृत भेटिएका हुन् । उनको शव खोला किनारमा भेटिएपछि घटनास्थलमा इलाका प्रहरी कार्यालय बेलचौताराका इन्स्पेक्टर पोषण केसीको टोली पुगेको थियो ।सुवेदीको शव पोस्टमार्टमका लागि दमौली जिल्ला अस्पताल तनहुँमा राखिएको छ र बिहीबार नै उनको शव देवघाट पुर्याएर अन्तेष्टि गरिने परिवारले जनाएका छन् । उनको मृत्यु कारणबारे पोस्टमार्टमपछि जानकारी हुने प्रहरीले जनाएको छ । महेश हाल कावासोती नगरपालिका वडानम्बर ३ मध्यविन्दु टोल बस्दै आएका थिए । उनी भतिजहरुको व्रतवन्धमा धरमपानी पुगेका थिए । महेश, ठूली छोरी र आफू कावासोती बस्दै आएका थिए भने सानी छोरी र श्रीमती लमजुङ बस्दै आएका छन् । महेशकी श्रीमती स्वास्थ्यकर्मी हुन् ।




