रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

प्रधानमन्त्री केपी शर्मा ओली आज सुर्खेत जाँदै छन्

[sharethis-inline-buttons]

२३ फागुन, जनकपुरधाम । प्रधानमन्त्री ओली मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह, कर्णाली प्रदेश सभामा सम्बोधन लगायतका विभिन्न कार्यक्रममा सहभागी हुन सुर्खेत जान लागेका हुन् । उनको सचिवालयका अनुसार उनले आज बिहान ११ः३० बजे वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा अध्यक्षता ग्रहण गर्ने कार्यक्रम छ । दिउँसो दुई बजे कर्णाली प्रदेश सभामा विशेष सम्बोधन गर्ने र साढे तीन बजे मध्यपश्चिम विश्वविद्यालयको भवन उदघाटन गर्ने कार्यक्रम छ । त्यसपछि अपराह्न चार बजे रंगशाला अवलोकन गरेर प्रधानमन्त्री ओली काठमाडौं फर्किने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर