७ चैत, जनकपुर। महेन्द्र विन्देश्वरी क्याम्पस राजविराजमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी विद्यार्थी युनियन, नेपालले सभापति जितेको छ । समाजवादी युनियन, नेपालका उम्मेदवार रञ्जित कुमार यादव निर्वाचित भएका छन् । उनले ३९३ मत ल्याएर विजयी भएका हुन् । सचिवमा पनि समाजवादी विद्यार्थी युनियन, नेपालका महेशकुमार साह निर्वाचित भएका छन् । उनले ३९५ मत पाए । कोषाध्यक्षमा अखिल क्रान्तिकारीका कन्चन कुमार ठाकुर विजयी भएका छन् । उनले ४१० मत ल्याएका छन् ।
तपाईको प्रतिक्रिया




