रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी अर्थिक वर्षको बजेटको तयारीमा सबै मन्त्री र सचिवहरुसँग छलफल

[sharethis-inline-buttons]

२८ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी अर्थिक वर्षको बजेट तयारीबारे सबै मन्त्री र सचिवहरुसँग छलफल गर्दैछन् । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो साढे ३ बजे हुने प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले विभिन्न योजना तथा कार्यक्रमका प्रगतिबारे जानकारी लिँदै आगामी नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्न लागेका हुन् । सरकारले नयाँ बजेट जेठ १५ बजे संसद पेश गर्नैपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि मिनी बजेट भनिने सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट प्रस्तुत हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर