रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

रिंकु कुमारी सदाय प्रकरण पूर्वमन्त्री मातृकाप्रसाद यादवले परिवारलाई दिए न्यायको आश्वासन

[sharethis-inline-buttons]

नवराजपुर, सिराहा – पूर्वमन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव मातृकाप्रसाद यादवले रिंकु कुमारी सदाय जबरजस्ती करणी तथा मृत्यु प्रकरणलाई लिएर उनको परिवारसँग भेटघाट गरेका छन्। नवराजपुर–१, भगवतीपुरस्थित पीडित परिवारको घरमा पुगेर उनले रिंकुका बाबु बिजूल सदाय र आमासँग संवेदना व्यक्त गर्दै न्यायका लागि पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

पूर्वमन्त्री यादवले उक्त घटनालाई समाजमा व्याप्त सामन्ती प्रवृत्तिको निरन्तरता भएको उल्लेख गर्दै दलित, उत्पीडित वर्ग तथा आर्थिक रूपमा विपन्न समुदायहरूको सबलीकरण नै यस्तो अपराध विरुद्ध लड्ने सशक्त माध्यम भएको बताए। उनले समाजमा विद्यमान अन्याय, अत्याचार तथा भेदभाव विरुद्ध शून्य सहनशीलताको नीति अपनाउन सबैलाई आह्वान गरे।

यो कानुनी लडाइँ पीडित परिवार मात्र होइन, हाम्रो पनि लडाइँ हो। अन्यायको पञ्चायती न्याय प्रणाली अन्त्य गरी कानूनी दायरामा ल्याउनु अहिलेको आवश्यकता हो, यादवले भने।

उनले सम्पूर्ण समुदायलाई जातीय विभेद तथा दमन विरुद्ध एकजुट भई न्यायको पक्षमा दृढतापूर्वक उभिन आग्रह गरे। साथै, पीडित परिवारलाई न्याय दिलाउन हरसम्भव सहयोग गर्ने प्रतिवद्धता दोहोर्‍याए।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर