फाल्गुन ,१०-धनुषाको हँसपुर नगरपालिका वडा नं. ८, रामनगरका निर्वाचित वडा अध्यक्ष देवनारायण मण्डलका दाजु तथा समाजसेवी विजय मण्डलका बुबा, सन्त कबीर मार्गदर्शन विचारक एवं कबीर वचन वंशी महात्मा साधु सरण साहेबको ब्रेन हेमरेजका कारण उपचारको क्रममा दुखद निधन भएको छ।
सन्त सरण साहेब समाजसेवा, आध्यात्मिक मार्गदर्शन र मानव कल्याणका लागि समर्पित व्यक्तित्व थिए। उहाँको असामयिक निधनले धार्मिक तथा सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।
उहाँको समाधि कार्यमा हजारौं साधुसन्त, समाजसेवी तथा श्रद्धालुहरूको उपस्थितिमा सम्पन्न भयो। उपस्थित भक्तजनहरूले उहाँको योगदानलाई स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरे। सन्त सरण साहेबको दिवंगत आत्माले चिरशान्ति पाओस् भन्ने कामना गर्दै अनुयायीहरू शोकमग्न भएका छन्।
तपाईको प्रतिक्रिया




