धनुषाधाम, फागुन ११ । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका(३ स्थित धनुष जनता माध्यमिक विद्यालय क्षेत्राधिकारभित्र रहेको धनुषाधाम बजार बिना ठेक्काको सञ्चालनमा रहेको छ। विद्यालय प्रशासनले यसबारे चासो नदेखाएपछि स्थानीय तहमा विषय चर्चा भइरहेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोद कुमार यादवका अनुसार नगरपालिकाका मेयर सहावसंग कुरा भएको छ र वडा अध्यक्षसँग छलफल गरेर छिट्टै सूचना निकालेर ठेक्का प्रक्रिया अघि बढाइनेछ।ू
स्थानीयहरूले विद्यालय क्षेत्राधिकारभित्रको बजारलाई नियमित ठेक्कामा ल्याउन माग गरेका छन्।
तपाईको प्रतिक्रिया




