रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनमा ‘केपी ओली कप फुटबल च्याम्पियनसिप’

[sharethis-inline-buttons]

 

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनको अवसरमा यस वर्ष कुनै विशेष कार्यक्रम आयोजना नगरिएको भए पनि खेलकुद गतिविधि भने सञ्चालन हुने भएको छ।

उनको जन्मदिनको अवसर पारेर ‘केपी ओली कप फुटबल च्याम्पियनसिप’ आयोजना गरिएको छ। दिउँसो २ बजे एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुने यस प्रतियोगिता हेर्न प्रधानमन्त्री ओली स्वयं उपस्थित हुनेछन्।

प्रधानमन्त्री ओलीले आफ्नो सामाजिक सञ्जाल मार्फत शुभेच्छुकसंग शुभकामना आदान–प्रदान खेलस्थलमै गर्ने जानकारी गराएका छन्। उनका समर्थक, खेल प्रेमी तथा सर्वसाधारणले पनि यही अवसरमा सहभागी भई खेलको आनन्द लिन सक्ने बताइएको छ।

प्रधानमन्त्री ओलीको जन्मदिनमा यस प्रकारको खेलकुद कार्यक्रमले नेपाली खेलकुद क्षेत्रको प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर