जनकपुरधाम, फागुन १३– लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लोसपा मधेस प्रदेश समितिको उपाध्यक्षमा रामज्ञान मण्डल चयन भएका छन्। मण्डल लोसपाका केन्द्रीय सदस्य समेत रहेका छन्।
यसअघि हंसपुर नगरपालिकाका मेयरको रूपमा सफल कार्यकाल पूरा गरेका मण्डल मधेसको राजनीतिमा सक्रिय युवा नेताको रूपमा चिनिन्छन्। उनले मधेस आन्दोलनदेखि विभिन्न लोकतान्त्रिक संघर्षमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।
उपाध्यक्ष पदमा चयन भएपछि मण्डलले पार्टीलाई अझै बलियो बनाउन र मधेसको हक, अधिकारका लागि सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्। उनका अनुसार लोसपाले मधेसी जनताको हितमा काम गर्दै थप संगठन विस्तार गर्ने लक्ष्य लिएको छ।
तपाईको प्रतिक्रिया




