रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

प्रचण्ड : मधेसका मसिहा ठान्ने दलहरूबाट मधेसी जनताको मुक्ति सम्भव छैन,

[sharethis-inline-buttons]

 

फागुन १८ जनकपुरधाम । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसीलगायत देशका उत्पीडित समुदायको अधिकार र पहिचान स्थापित गर्न सबभन्दा बढी त्याग माओवादीले गरेको बताएका छन्। धनुषाको कमला नगरपालिका वडा नम्बर ३ पर्सामा आयोजित सहिद परिवार सम्मान तथा जनभेटघाटमा बोल्दै उनले महिला, जनजाति, दलित, मधेसी, मुस्लिम, थारुलगायत उत्पीडित जनताको मुक्तिका लागि हजारौं सहिदले बलिदा गरेको र मधेसी जनताको मुक्तिका लागि एक हजार तीन सय मधेसी जनताका छोराछोरीले जनयुद्धमा बलिदान गरेको बताए। अध्यक्ष प्रचण्डले अब आफूलाई मधेसका मसिहा ठान्ने दलहरूबाट मधेसी जनताको मुक्ति सम्भव नभएकाले मधेसमुक्तिको जिम्मा सम्पूर्णरूपमा माओवादीले नै लिने प्रतिबद्धता व्यक्त गरेका थिए। मधेसी जनताको मुक्तिका लागि मधेसी राष्ट्रिय मुक्ति मोर्चा गठन गरेर मधेसी जनतामा जागरणको लहर ल्याउने, मधेस स्वायत्त जनसरकारमार्फत संघीयताको व्यवहारिक अभ्यास गर्ने, संविधानमार्फत संघीयत, समानुपातिक र समावेशी प्रतिनिधित्व स्थापित गर्ने, गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिको रुपमा रामराजाप्रसाद सिंहलाई अघि सार्ने र मधेसको विकासका लागि प्राथमिकताका साथ बजेट विनियोजन गर्ने लगायत महत्त्वपूर्ण काम आफ्नै पार्टीले गरेको उनले दाबी गरे।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर