रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

परिक्रमा श्रद्धालुहरूलाई धनुषाधाम नगरपालिकाद्वारा दही–च्युरा तरकारीको व्यवस्था

[sharethis-inline-buttons]

धनुषा, २४ फागुन – धनुषाधाम नगरपालिकाले परिक्रमा यात्रामा सहभागी भक्तजनहरूका लागि दही–च्युरा तथा तरकारीको भोजनको व्यवस्था गरेको छ। नगरपालिकाका मेयर बालेश्वर मण्डलको विशेष निर्देशनमा श्रद्धालुहरूलाई उचित सेवा प्रदान गर्न व्यापक तयारी गरिएको छ।
परिक्रमा यात्राका क्रममा भक्तजनहरूलाई कुनै असुविधा हुन नदिन नगरपालिकाले निशुल्क भोजन वितरणको व्यवस्था मिलाएको छ। मेयर मण्डलले सबै व्यवस्थापक तथा कर्मचारीहरूलाई खाना वितरणमा कुनै त्रुटि हुन नदिन विशेष ध्यान दिन निर्देशन दिएका छन्।
नगरपालिकाले परिक्रमा यात्रालाई सफल बनाउन अन्य व्यवस्थापनमा पनि सहयोग गरिरहेको छ।
नगरपालिका वडा न.३ वडा अध्यक्ष जयनारायण यादवका अनुसार, परिक्रमा यात्रामा आउने श्रद्धालुहरूको सेवामा कुनै कमी हुन दिने छैनौं। दही–च्युरा र तरकारीको परिकार सबैलाई व्यवस्थित रूपमा उपलब्ध गराइनेछ।
परिक्रमा यात्राको धार्मिक र सांस्कृतिक महत्वलाई ध्यानमा राख्दै नगरपालिकाले भक्तजनहरूलाई सहजता प्रदान गर्न आवश्यक सबै तयारी पूरा गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर