रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

जानकी हेल्थ केयरले १९ औं वर्ष प्रवेशमा रक्तदान र अन्तरक्रिया सम्पन्न

[sharethis-inline-buttons]

जनकपुरधाम, २५फागुन२०८१ – जानकी हेल्थ केयर एण्ड टिचिंग हस्पिटल, जनकपुरले आफ्नो सेवा यात्राको १८ वर्ष पूरा गरी १९ औं वर्षमा प्रवेश गर्ने अवसरमा रक्तदान कार्यक्रम तथा पालिका स्तरीय स्वास्थ्य संयोजकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा अस्पतालको गुणस्तरीय सेवामा समुदायको पहुंच अभिवृद्धि गर्ने विषयमा व्यापक छलफल भएको थियो। अस्पताल प्रशासन प्रमुख हरिशचन्द्र यादवका अनुसार , जनताको स्वास्थ्य सेवा सहज बनाउन तथा गुणस्तर सुधार गर्न सरोकारवालाहरूको सहकार्य आवश्यक रहेको निष्कर्ष निकालिएको छ।
रक्तदान कार्यक्रममा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानीय समाजसेवी तथा स्वयंसेवकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। रक्तदानले आपतकालीन अवस्थामा रुग्णलाई सहयोग पुर्‍याउने विश्वासका साथ कार्यक्रम आयोजना गरिएको अस्पताल प्रशासनले जनाएको छ।
कार्यक्रममा अस्पतालका प्रमुख चिकित्सक, जनस्वास्थ्य विज्ञ, विभिन्न स्थानीय निकायका प्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले अस्पतालका सेवाहरूलाई अझ प्रभावकारी बनाउन सुझावहरू प्रदान गरेका थिए।
जानकी हेल्थ केयर एण्ड टिचिंग हस्पिटलले समुदायमुखी स्वास्थ्य सेवाका लागि निरन्तर प्रयास गरिरहने प्रतिबद्धता व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर