धनुषा, फागुन २५ – धनुषाको मिथिला नगरपालिका–९ मा सिँचाइ बोरिङ उद्घाटन गरिएको छ। जसपा नेपाल मधेस प्रदेश सदस्य चन्देश्वर महतोले सो बोरिङ उद्घाटन गरेका हुन्।
कार्यक्रममा जसपा नेपालकी महिला नेत्री मनुमाया मुक्तान, समाजवादी युवा संघ नेपालका प्रदेश उपाध्यक्ष सुरज महतोसहित विभिन्न स्थानीय नेता तथा नागरिकहरूको उपस्थिति रहेको थियो।
सिँचाइ सुविधा बिस्तार भएपछि किसानहरूलाई खेती गर्न सहज हुने अपेक्षा गरिएको छ। कार्यक्रममा बोल्दै नेता महतोले कृषि क्षेत्रमा यस्ता आयोजनाहरू महत्वपूर्ण हुने बताए । त्यस्तै, प्रदेश उपाध्यक्ष महतोले किसानहरूको जीवनस्तर उकास्न सिँचाइ पूर्वाधारको विकास अपरिहार्य रहेको धारणा राखे।
स्थानीय कृषकहरूले सिँचाइ बोरिङ निर्माण भएपछि कृषि उत्पादनमा वृद्धि हुने विश्वास व्यक्त गरेका छन्।
तपाईको प्रतिक्रिया




