रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

समाजवादी युवा संघ मधेस प्रदेशद्वारा बैठक तथा होली मिलन सम्पन्न

[sharethis-inline-buttons]

जनकपुरधाम, मधेस प्रदेश – समाजवादी युवा संघ, नेपाल मधेस प्रदेश समितिको अध्यक्ष कमलेश यादवको अध्यक्षता एवं जनता समाजवादी पार्टी जसपा, नेपालको केन्द्रिय सचिव तथा पूर्व मन्त्री सुरेश मण्डलको प्रमुख आतिथ्यमा विस्तारित बैठक तथा होली मिलन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य प्रेमचन्द्र झा, प्रदेश युवा, विद्यार्थी तथा खेलकुद विभाग प्रमुख तथा पूर्व मन्त्री ज्ञानेन्द्र यादव, समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष संजीव यादव, सांसद संजिला यादव, पार्टी धनुषा जिल्ला अध्यक्ष पशुपति यादव, दलित समिति प्रदेश अध्यक्ष रामु महरा, विद्यार्थी नेता पुष्पा यादवलगायत प्रदेश समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेको थियो।

जनकपुरस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सहभागीहरूले होली तथा रमजान पर्वको अवसरमा शुभकामना आदानप्रदान गरेका थिए। यस अवसरमा नेताहरूले युवा नेतृत्वको भूमिकाका साथै संगठन सुदृढीकरणका विषयमा छलफल गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर