धनुषा, चैत ७ ( आजदेखि देशभर सुरु भएको माध्यमिक शिक्षा परीक्षा एसईईमा सहभागी सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू तथा विद्यालय शिक्षकहरूलाई रेडियो धनुषाले सफलताको शुभकामना व्यक्त गरेको छ।
रेडियो धनुषाले एक शुभकामना सन्देश जारी गर्दै परीक्षामा उत्कृष्ट प्रदर्शन गर्न विद्यार्थीहरूलाई हौसला प्रदान गरेको छ। साथै, शिक्षक, अभिभावक तथा सम्बन्धित सबै पक्षलाई परीक्षार्थीहरूलाई सहज र तनावमुक्त वातावरण प्रदान गर्न आग्रह गरिएको छ।
यस वर्षको एसईई परीक्षा चैत ७ गतेदेखि १७ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा भयरहित, मर्यादित र स्वच्छ बनाउन सरकार तथा सम्बन्धित निकायहरूले विशेष तयारी गरेको जनाइएको छ।
रेडियो धनुषले सम्पूर्ण विद्यार्थीहरूलाई आत्मविश्वासका साथ परीक्षामा सहभागी हुन अनुरोध गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ।




