नागेन्द्र महरा, धनुषा – अजबलाल स्मृति प्रतिष्ठानको आयोजनामा २३औं अजबलाल स्मृति सभा तथा योद्धा सम्मान समारोह सम्पन्न भएको छ। कार्यक्रममा मधेश प्रदेशका सहिद परिवारहरूलाई प्रतिष्ठानकि अध्यक्ष शिला यादवले सम्मानपत्र प्रदान गर्दै सम्मान गरिन ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सुधा कर्ण झा र प्रदीप तिवारीले नेपालको कृषि प्रणाली र युवाहरूको विदेश पलायनबारे चासो व्यक्त गरे। तिवारीले पाँच बिगाहा जग्गा हुने किसानका छोराछोरीसमेत विदेशिनु बिडम्बना भएको बताए।
मधेशका नेता अनिल सिन्हाले नयाँ ढंगको माओवादी आवश्यक रहेको उल्लेख गर्दै फरक शैलीमा काम गर्नुपर्ने धारणा राखे। माओवादी केन्द्र धनुषा संयोजक दीपक यादवले अजबलालको सहादत सम्झिँदै पार्टी एकता नै जनताको हितमा हुने बताए।
प्रमुख अतिथि नेत्र विक्रम चन्द ‘विप्लव’ ले अजबलाल यादवको योगदान स्मरण गर्दै, सुकुम्बासी समस्या र दलित दमन अझै जारी रहेको उल्लेख गरे। उनले अजबलालको सपना पूरा गर्न संघर्ष जारी राख्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा अनिल साह (विप्लव), दीपक यादव (माओवादी), र अन्य नेताहरूको उपस्थिति रहेको थियो।
२३औं अजबलाल स्मृति सभा तथा योद्धा सम्मान समारोह सम्पन्न
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर




