रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

रामनवमीको अवसरमा चैत्र २४ गते देशभर सार्वजनिक बिदा

[sharethis-inline-buttons]

काठमाडौं, चैत २२ – नेपाल सरकारले आगामी चैत २४ गते रामनवमी पर्वको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयद्वारा जारी सूचनामा सो दिन सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायहरू बन्द रहने उल्लेख गरिएको छ।

नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक बिदा दिने निर्णय गरिएको हो। गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले जारी गर्नुभएको सूचनामा नागरिकहरूलाई जानकारी गराइएको छ।

रामनवमी भगवान् श्रीरामको जन्मजयन्तीको रूपमा हिन्दू धर्मावलम्बीहरूले विशेष रूपमा मनाउने पर्व हो। यस अवसरमा देशभरका मठ मन्दिरहरूमा विशेष पूजाआजा तथा धार्मिक कार्यक्रम आयोजना गरिन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर