रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

सहिदनगरमा जसपा नेपालको प्रथम नगर अधिवेशन सम्पन्न, दिनेश प्रसाद यादव पुनः अध्यक्ष चयन

[sharethis-inline-buttons]

सहिदनगर, चैत २८ – सहिदनगर नगरपालिकामा आज जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)को प्रथम नगर अधिवेशन कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। नगर प्रमुख समेत रहनुभएका नगर अध्यक्ष दिनेश प्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि जसपा नेपालका केन्द्रीय सदस्य जितेन्द्र कुमार यादव रहनुभएको थियो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पूर्व प्रदेशसभा सदस्य शैलेन्द्र यादव, मुखियापट्टि मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादव, जसपा नेपाल हंसपुर नगर अध्यक्ष रामनारायण कापरी, वडा अध्यक्ष मनोज कुमार दास लगायत नेताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको स्वागत मन्तव्य वडा अध्यक्ष मनोज कुमार दासले गर्नुभएको थियो। प्रमुख अतिथि जितेन्द्र कुमार यादवले जसपा नेपाल मधेस र मधेसी जनताको हक–हितका लागि निरन्तर लागिरहेको बताउँदै अध्यक्ष दिनेश प्रसाद यादवको नेतृत्वमा पार्टी अझ सशक्त बन्दै गएको धारणा व्यक्त गर्नुभयो।

जयकुमार यादवले देशकै सबैभन्दा तल्लो भूभागबाट जनप्रतिनिधित्व गर्दै जनअपेक्षाअनुसार विकास निर्माणमा अगाडि बढेको मुखियापट्टि मुसहरनिया गाउँपालिकाको उदाहरण दिँदै सहिदनगरका प्रमुख दिनेश यादव पनि त्यही भावनाका साथ अगाडि बढिरहेको बताउनुभयो।

नगरभरिका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त अधिवेशनबाट नयाँ कार्यसमिति समेत चयन गरिएको छ। जसअनुसार दिनेश प्रसाद यादव पुनः अध्यक्षमा निर्वाचित हुनुभएको छ। उपाध्यक्षमा सीता देवी यादव र भरत मुखिया, सचिवमा मुनेश्वर यादव, उपसचिवमा सरोज कुमार दास र इन्दल साह, कोषाध्यक्षमा शिवरञ्जन यादव सहितका सदस्य चयन हुनुभएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर