रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

मिथिला विहारमा इ-रिक्सा चालकहरूको संगठन गठन

[sharethis-inline-buttons]

धनुषा, २०८१ चैत ३०-धनुषाको मिथिला विहार नगरपालिका–७ मा आज इ(रिक्सा चालकहरूको भेलाले “मिथिला विहारी इ(रिक्सा संगठन” गठन गरेको छ। बिरेन्द्र कुमार महतोको अध्यक्षतामा तथा वरिष्ठ अधिवक्ता कृष्ण झाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पत्रकार मुकेश कुमार ठाकुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख हरि बहादुर ओली, सन्तोष महरा, दयाराम यायल, शम्भु राउत, साखेचान यादव, श्याम महतो, श्रीप्रसाद राउत, रघुनन्दन राउत, उदय यादव, जितेन्द्र पासमान, अमुरेश कुमार राउत, विन्देश्वर चायव, वृक्ष्मी नारायण ठाकुर, इस्लाम साफी, नरेश गिरी, जय नन्दन साह, बिनोद राउत, राम उदगार साह, वजिर थुनिया, विनन्देश्वर यादव, रघुवीर पण्डित, दुलार चन्द्र राम, रबिन्द्र पासमान, आकास दास र दिनेश यादवलगायतले सम्बोधन गरेका थिए।

वक्ताहरूले इ(रिक्सा चालकहरूलाई विभिन्न समस्या समाधानका लागि संगठित हुन जरुरी रहेको भन्दै संगठनमार्फत न्यायको पक्षमा सशक्त आवाज उठाउन सकिने बताए।

भेलाले नयाँ कार्यसमिति समेत चयन गरेको छ। जसअनुसार जितेन्दु पासवान अध्यक्ष, रामबाबु यादव प्रथम उपाध्यक्ष, रामबाबु सुनार दोस्रो उपाध्यक्ष, आपत कुमार मण्डल महासचिव, सुरेन्द्र यादव सचिव, अमर उत्तम सह–सचिव, रामकुमार यादव कोषाध्यक्ष, इस्लाम साफी, शम्भु पासवान, विन्द यादव, उदय साह, रामबाबु मण्डल, कमलेश यादव सदस्यमा चयन भएका छन्।

संगठनले चाँडै कानुनी प्रक्रिया अगाडि बढाउने जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर