महोत्तरी,२०८२बैशाख २-
महोत्तरीको गौशाला नगरपालिकाले नेपाली यू(१९ महिला क्रिकेट टिमकी कप्तान पूजा कुमारी महतोलाई मानार्थ खेलकुद अधिकृतमा नियुक्त गरेको छ। वडा नं। ९ की बासिन्दा महतो नगरको गौरवमयी छविका रूपमा परिचित छिन्।
नगरपालिकाले उनलाई छैठौं श्रेणीअनुसार पारिश्रमिक दिने निर्णय गर्दै यसलाई युवा प्रतिभाको सम्मान र प्रेरणा मानेको छ। मेयर डा। दिपेन्द्र महतोका अनुसार पूजा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाल प्रतिनिधित्व गर्दै प्रेरणाको स्रोत बनेकी छन्।
क्रिकेटलाई जीवनको लक्ष्य बनाएकी १८ वर्षीया पूजाको दीर्घकालीन लक्ष्य सिनिअर टोलीबाट विश्वकप खेल्ने र परिवारको जिम्मेवारी सम्हाल्ने रहेको छ। यस नियुक्तिले स्थानीयस्तरमा उत्साह थपेको छ।
तपाईको प्रतिक्रिया




