धनुषा — सहिदनगर–३, यदुकूहामा बिहीबार दिउँसो एक व्यक्ति सुमन देवीको घरमा पसेर आफू अख्तियारको कर्मचारी भएको भन्दै डरत्रास फैलाएका छन्।
राम भजन मण्डल नाम गरेका ती व्यक्तिले “घर खाली गर” भन्दै कराउँदै, “छोरा कहाँ छ नभने गोली हानिदिन्छु” भन्ने धम्कीसमेत दिएका थिए।
इलाका प्रहरी कार्यालय यदुकुहाले उनलाई घटनास्थलमैबाट नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानमा उनी अख्तियारसँग कुनै सम्बन्ध नरहेको पुष्टि भएको छ।
तपाईको प्रतिक्रिया




