धनुषाको विदेह नगरपालिका वार्ड नं २ स्थित श्री शंकर जनता माध्यमिक विद्यालय दुवही गोवराहीको प्राङ्गणमा गाउँब्लक जगाधनी दर्ता प्रमाण पुर्जा वितरण कार्यक्रम २०८२ नापी कार्यालय, धनुषा द्वारा विदेह नगरपालिका वार्ड नं २ र ३ का बासिन्दालाई लालपुर्जा वितरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता नापी अधिकृत टोली प्रमुख बौएलाल मंडलले गरेका थिए भने प्रमुख अतिथि नगर प्रमुख बेचन दास तथा विशिष्ट अतिथि नगर उपप्रमुख आशा देवी झा रहेका थिए। कार्यक्रममा अतिथिका रूपमा वार्ड नं २ का वडा अध्यक्ष राम पुकार सहनी, वार्ड नं ३ का वडा अध्यक्ष राम श्रेष्ठ मुखिया, वडा सदस्यहरू लगायतको उपस्थिति रहेको थियो।
तपाईको प्रतिक्रिया




