रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

गणेशमान चारनाथ नगरपालिका स्वास्थ्य शाखामा नयाँ प्रमुखको पदभार ग्रहण

[sharethis-inline-buttons]

 

धनुषा — गणेशमान चारनाथ नगरपालिका, धनुषाको स्वास्थ्य शाखामा नयाँ स्वास्थ्य शाखा प्रमुखको रूपमा जनस्वास्थ्य अधिकृत शिव शंकर यादवले पदभार ग्रहण गर्नुभएको छ।

पदभार ग्रहण कार्यक्रमका अवसरमा नगरप्रमुख जित नारायण यादवले शिव शंकर यादवलाई शुभकामना दिँदै सफल कार्यकालको कामना गर्नुभएको छ। नगरप्रमुख यादवले स्वास्थ्य क्षेत्र सुधारमा नयाँ नेतृत्वले सकारात्मक परिवर्तन ल्याउने अपेक्षा व्यक्त गर्दै स्वास्थ्य सेवामा गुणस्तर अभिवृद्धि गर्न आग्रह गर्नुभयो।

नयाँ स्वास्थ्य शाखा प्रमुख यादवले पनि स्वास्थ्य सेवालाई सर्वसुलभ र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नगरवासीहरूलाई उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आफू कटिबद्ध रहने बताउनुभएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर