रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

प्रेस स्वतन्त्रता दिवसमा धनुषामा पत्रकारहरूको स्वास्थ्य परीक्षण र रक्तदान कार्यक्रम

[sharethis-inline-buttons]

जनकपुरधाम, वैशाख २० – विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ धनुषा शाखाले पत्रकारहरूका लागि प्रभातफेरी, निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

महासंघका अध्यक्ष पुरन साहको नेतृत्वमा आयोजित कार्यक्रम बिहान ७ बजे रामचोकबाट प्रभातफेरीका रूपमा सुरु भई जानकी मन्दिर, जनकचोक हुँदै मधेश सरकारको स्वास्थ्य प्रयोगशालामा पुगेर स्वास्थ्य शिविरमा परिणत भएको थियो। कार्यक्रममा बिएमआई, मधुमेह, उच्च रक्तचाप, हेमोग्लोबिन, मिर्गौलाको परीक्षण तथा महिलाहरूका लागि पाठेघरको मुखको स्क्रिनिङ सहित नशारोगसम्बन्धी विभिन्न परीक्षण निःशुल्क रुपमा गरिएको थियो।

स्वास्थ्य परीक्षण शिविरमा पाँच दर्जनभन्दा बढी पत्रकारहरूले सेवा लिएका थिए भने १२ जना पत्रकारहरूले रक्तदान कार्यक्रममा सहभागी भई जीवनदान दिएका थिए।

अध्यक्ष साहले पत्रकारहरू निडर, निर्भीक र स्वस्थ रहनुपर्ने भएकाले आगामी वर्षहरूमा पनि कुनै सन्दर्भ पारेर यस्ता स्वास्थ्य परीक्षण कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए।

महासंघ धनुषा शाखाले कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन योगदान गर्ने सम्पूर्ण सहयोगी, सहभागी पत्रकार तथा स्वास्थ्यकर्मीप्रति हार्दिक आभार व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर