जनकपुरधाम, बैशाख २१ — जनता समाजवादी पार्टी, नेपालका नेता तथा मधेश प्रदेश सभा सदस्य रामअशिष यादवले जनकपुरधाम उपमहानगरपालिका–१७ स्थित कनकपट्टी गाउँमा एक समारोहबीच मदरसाको शिलान्यास गरेका छन्।
मधेश सरकारअन्तर्गत शिक्षा तथा संस्कृति मन्त्रालयको सहयोगमा निर्माण हुन लागेको उक्त मदरसा मुस्लिम समुदायका बालबालिकालाई मातृभाषा उर्दुमा शिक्षाको अवसर उपलब्ध गराउने उद्देश्यले निर्माण गर्न लागिएको हो।
शिलान्यास समारोहमा जनकपुरधाम–१७ का वर्तमान वडाध्यक्ष रामवृक्ष यादव, पूर्व वडाध्यक्ष परमेश्वर यादव, सन्त कबीर राजेन्द्र साहेब, समाजसेवी असर्फी साह, तिलेश्वर यादव, तेजनारायण यादव, विशेश्वर यादव, विन्देश्वर यादव, लक्ष्मण यादव लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू तथा स्थानीय मुस्लिम समुदायका अगुवाहरू मोकिम मोमिन, बेचन मोमिन, सकुर मोमिन, रमजान मोमिन र सलामत मोमिनको उल्लेखनीय उपस्थिति रहेको थियो।
समारोहमा बोल्दै प्रदेश सभा सदस्य यादवले धार्मिक र भाषिक विविधता भएको मधेश प्रदेशमा सबै समुदायको शिक्षामा पहुँच सुनिश्चित गर्न जरुरी रहेको बताए ।




