धनुषा, २८ बैशाख — विद्यार्थी आन्दोलनपछि मिथिला बिहारी नगरपालिकाले मिथिलेश्वर मौवाही माध्यमिक विद्यालयमा नेतृत्व परिवर्तन गर्दै तत्कालीन प्रधानाध्यापक रामजिवन दाहालाई हटाएर विन्दश्वर यादवलाई नयाँ प्रधानाध्यापकको जिम्मेवारी दिएको छ।
नगरपालिकाको शिक्षा समितिको २०८२ साल बैशाख १४ गतेको निर्णयअनुसार गंगा प्रसाद प्राविधिक तथा व्यवसायिक माध्यमिक विद्यालय, ठेरामा कार्यरत शिक्षक तृतीय विन्दश्वर यादवलाई अर्को व्यवस्था नभएसम्मका लागि मिति २०८२र०१र२८ देखि लागु हुने गरी नयाँ जिम्मेवारी दिइएको हो।
नगर कार्यपालिकाबाट जारी सूचनामा यादवलाई नियमानुसार हाजिर भई पदीय जिम्मेवारी सम्हाल्न भनिएको छ। पूर्व प्रधानाध्यापक रामजिवन दाहाको स्थानमा नयाँ प्रधानाध्यापक पठाउने निर्णय विद्यार्थी आन्दोलनलगत्तै भएको हो, जसले विद्यालयको प्रशासनिक व्यवस्थापनमा चासो थपेको छ।
यस निर्णयबारे वडा नं. ३ र वडा नं. १० का कार्यालय, सम्बन्धित विद्यालय तथा सरोकारवाला निकायलाई जानकारी गराइएको छ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले निर्णय कार्यान्वयनमा आइसकेको जानकारी गराएका छन्।




