धनुषा — शहीदनगर नगरपालिका वडा नं.३ मा १५ शैय्या क्षमताको प्राथमिक स्वास्थ्य केन्द्र PHC भवनको निर्माण कार्यको शिलान्यास नगर प्रमुख दिनेश प्रसाद यादवको नेतृत्वमा भव्य रूपमा सम्पन्न भएको छ।
शिलान्यास कार्यक्रममा वडा नं. १ देखि ९ सम्मका वडाध्यक्ष, सदस्य, समाजसेवी, शिक्षक , भद्रभलादमी, बुद्धिजीवी तथा नगरवासीको उपस्थिति रहेको थियो। कार्यक्रममा नगर प्रमुख यादवले राष्ट्रिय योजना आयोगबाट पहल गरी १२ करोड रुपैयाँको लागतमा स्वास्थ्य केन्द्र भवन निर्माण गर्न लागिएको जानकारी गराए।
यो स्वास्थ्य केन्द्रले नगरवासीलाई गुणस्तरीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास लिइएको छ। नगरवासीबीच यस पहलप्रति खुसी र आशावाद देखिएको छ।
तपाईको प्रतिक्रिया




